पश्चिम दाङ बस दुर्घटना ; १४ जना रिफर (नाम सहित )

तुलसीपुर,३ फागुन / पश्चिम दाङमा जन्ती बोकेको बसमा अर्को यात्रुबाहक बस ठोकीदा ४६ जना घाइते भएका छन् । घाइते मध्य गम्भिर १४ जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरबाट यात्रुी लिएर हंसपुर तर्फ गईरहेको रा १ ख १७७० नम्बरको बस र बेहुलाबेहुली छोडेर खैरेनीबाट तुलसीपुर तर्फ आउदै गरेको ना ८ ख १०१७ नम्बरको जन्ती बोकेको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो । थारु जातीमा जतिसक्यो त्यति धेरै मानिसहरु दुलहादुली छोड्न जाने चलन छ ।

घटनामा परि गम्भिर घाईते भएका बबई गाउँपालिका –३ बस्ने बर्ष २४ की हिमा विक, सोही गाउँपालिका –७ निबासी राजकुमार डाँगी, तुलसीपुर – ८ निबासी बर्ष ३३ की रमा रावत, तुलसीपुर –११ बस्ने बर्ष २८ का कृष्णबहादुर चौरी, बबई गाउँपालिका २ बस्ने बर्ष ४० का कलि खत्री, सोही ठाउँका बर्ष २७ का झुपलाख खत्री, बबई गाउँपालिका –४ बस्ने बर्ष ३५ का राजकुमार सार्की , सोही ठाउँका बर्ष ७ का सन्दीप सार्की, बबई ३ बस्ने बर्ष २७ की पुर्णकली केसी, सोही ठाउँ निबासी बर्ष २७ का खली वली , शान्तिनगर ७ बस्ने बर्ष २५ की शोबर्नी वली, बबई २ बस्ने सावीत्रा घर्ती, तुलसीपुर ५ निबासी बर्ष ४५ का रामविलास गुप्ता र बबई गाउँपालिका २ का बर्ष ४५ का बलबहादुर केसीलाई कोहलपुर रिफर गरिएको छ ।

त्यसैगरी अन्य घाइते हुनेमा प्युठान सरुमा रानी गाउँपालिका ७ निबासी बर्ष २२ का सुरेश कुमाल, तुलसीपुर ११ निबासी बर्ष ३३ की सरस्वती चौधरी, सोही ठाउँ निवासी बर्ष १४ कि सुस्मीता चौधरी, बर्ष ११ का सुरेन्द्र चौरी , बर्ष १२ का रमेश चौधरी, बबई २ निबासीँ बर्ष २० समीक्षा वली, उनको जम्बु खड्का , बबई २ निबासी बर्ष ६० का भविश्वर घर्ती, तुलसीपुर ११ बर्ष १८ का निमा चौधरी, सोही ठाउँका बर्ष ३० का नबराज चौधरी, तुलसीपुर १२ निबासी बर्ष २२ का राजु चौधरी, बर्ष १९ का अनिल चौधरी, बर्ष १६ का ललित चौधरी, बर्ष १४ का उमेश चौधरी, बर्ष २० का प्रदिप चौधरी, बर्ष१७ का सन्तोष चौधरी, बर्ष १९ का निमबहादुर चौधरी, बर्ष २० का सुस्मीता चौधरी, बर्ष १४ की आशा चौधरी, बर्ष १४ की मनीष नेपाली, बर्ष २० का राजेश चाँैधरी, तुलसीपुर १३ निबासी बर्ष ३३ का बेलमती चौधरी, सोही ठाउँका बर्ष ११ समिर चौधरी, बर्ष १२ का संगिता चौधरी, तुलसीपुर ११ निबासी बर्ष२२ का दिनेश चौधरी, तुलसीपुर १७ बर्ष ३० का चालक राजकुमार एस के, तुलसीपुर ११ बर्ष २३ का दुर्गा प्रसाद चौधरी, बर्ष ३३ का सुनिता चौधरी, बर्ष १३ का प्रमिला चौधरी, बर्ष ५४ का मनबिर चौधरी, सल्यान छत्रेश्वरी निबासी बर्ष ६५ की मिना योगी, बबई २ निबासी बर्ष ४० की झुपी वली र बर्ष ८ की अमृता वली रहेका छन् । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ भने कति पय उपचार पछि घर फकीएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया