प्रदेश ५ मा शुक्रवार सार्वजनिक विदा

तुलसीपुर, २ फागुण ।प्रदेश ५ सरकारले फागुन ३ गते सार्बजनीक बिदा दिने भएको छ । प्रदेश स्थापना भएको अवसरमा सार्बजनीक बिदा दिने भएको हो । गत माघ १५ गते मन्त्रिपरिषदको बैठकले प्रदेश ५ स्थापना दिवश बिशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो ।
यसै विच प्रदेश ५ को स्थापना दिवसमा मुख्यमन्त्री र मन्त्रीहरु सडक सफाइमा जुटेका छन् । प्रदेश सरकारको स्थापनाको पूर्व सन्ध्यामा विहिवार पूर्वपश्चिम महेन्द्र राजमार्ग सफाइ गरिएको हो । पूर्व नवलपरासीदेखि पश्चिम बर्दिया सम्म एकै साथ राजमार्ग सफाइ थालिएको हो । मुख्यमन्त्री शंकर पोखरेल बुटवल क्षेत्रको सरसफाइ अभियानमा सहभागी भए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया