उरहरीमा रहेको मितेरी सहकारी संस्था अवलोकन भ्रमणमा

तुलसीपुर, २४ चैत्र ।
तुलसीपुर उप महानगरपालिका ११ उरहरीमा रहेको मितेरी बचत तथा ऋण सहकारी सस्था अवलोकन भ्रमणमा गएको छ । सस्थाले विभिन्न ठाउका रहेका सहकारी सस्थाको अनुगमण गरीरहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुमा सहकारीको बारेमा जानकारी दिने उद्देश्यले अवलोकन भ्रमणमा गएको संस्थाका अध्यक्ष वलदेश आचार्यले बताए । हिजो साझ गएको टोलिले आज विहान पोखरा १७ मा रहेको डेभिजफल बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको छ । त्यस क्रममा संस्थाको लगानि १० करोड ७२ लाख रुपैया रहेको र शेयर सदस्यहरु ७ सय ८१ जना रहेको जानकारी गराइएको छ ।

यस्तै शेयर लगानिको प्रकृया छुट्टै रहेको पाईएको मितेरी सहकारी संस्थाका अध्यक्ष वलदेव आचार्यले बताए । आज पोखराका अरु दुई नमुना सहकारीको अवलोकन गरी भोलि चितवनमा रहेका तिन वटा नमुना सहकारीको अवलोकन गरी टोलि घर फर्किने छ । सो टोलिमा ३७ जना शेयर सदस्यहरुको सहभागिता रहेको ब्यबस्थापक धन बहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया