रोजगार संयोजकको प्रारम्भिक नतिजा सार्वजनिक

माघ २९, २०७५

काठमाण्डाै – हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो ।

सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो ।

फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।

 

 

प्रतिक्रिया दिनुहोस