घोराही खानेपानी संस्थाको नयाँ नेतृत्वको लागी प्रजातान्त्रिक प्यानल विजयी

माघ २७, २०७५

तुलसीपुर, २७ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागी प्रजातान्त्रिक प्यानल विजयी भएको छ । कांग्रेस निकट प्रजातान्त्रीकको तर्फबाट संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका देवीबहादुर डिसीको नेतृत्वले विजयी हासील गरेको मुख्य निर्वाचन अधिकृत रेवतिरमण भट्टराईले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार देवीबहादुर डिसीले १ हजार ९ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वि प्रगतिशिल प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा भरतमणी पाण्डेले १ हजार ७ सय ७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वि मधुसुदन शर्मा अर्यालले ९ सय ७६ मत ल्याएका छन् ।
सचिवमा सुजन पाण्डे, कोषाध्यक्षमा धु्रब केसी, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापामगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।नयाँ नेतृत्वका लागी शनिवार निर्वाचन भएको थियो । बिहान ८ बजे देखी सुरुभएको मतदान बेलुका ५ बजे सकिएको हो । कुल ५ हजार ८ सय ३२ मतदाता रहेकोमा ३ हजार १ सय ३६ मत मात्रै खसेको मुख्य निर्बाचन अधिकृत भटराईले जानकारी दिएका छन ।
मतगणना गएराती ९ वजेबाट सुरु गरिएको थियो ।प्रगतिशिल प्यानलबाट अध्यक्षमा गणेशप्रसाद श्रेष्ठ, उपाध्यक्षमा मधुसूदन शर्मा अर्याल,सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी,सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल,महिला सदस्यमा विष्णु कालाथोकी, भूमा चौधरी र मनकुमारी पुन पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस