एक लाख नक्कली नोट सहित एक जना पक्राउ

माघ २७, २०७५  

काठमाडौं । गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

Advertisement

नक्कली नोटको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रभागको टोलीले गोंगबुको गणेथानस्थित एउटा घरको फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट र सोही घरमा डेरा गरी बस्ने हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

हिक्मत कुँवर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस