घोराही खानेपानी संस्थाको नयाँ नेतृत्वका लागी मतगणना जारी, अध्यक्षमा देवी बहादुर डिसी दोब्वर मतले अगाडी

तुलसीपुर, २७ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान भएको छ । बिहान ८ बजे देखी सुरुभएको मतदान बेलुका ५ बजे सकिएको हो । ५ हजार ८ सय ३२ मतदाता रहेको संस्थामा ३ हजार १ सय ३६ मत मात्रै खसेको मुख्य निर्बाचन अधिकृत रेवतिरमण भटराईले जानकारी दिएका छन ।
मतगणना गएराती ९ वजेबाटै सुरु गरिएको छ । खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि दुई वटा प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।
प्रजातान्त्रिक प्यानलबाट निवर्तमान अध्यक्ष समेत रहेका देवीबहादुर डिसीले नेतृत्व गरेका छन् भने प्रगतिशिल प्यानलबाट गणेशप्रसाद श्रेष्ठले नेतृत्व गरेका छन् । मत गणना जारी रहेको हुदा पछिल्नो मत परिणाम अनुसार अहिले सम्म दुई हजार मत गणना भईसकेको छ । जसमा अध्यक्षमा देवी बहादुर डिसीले १२२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी गणेस प्रसाद श्रेष्ठले ६६७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भरतमणि पाण्डेले १०९८ मत प्राप्त गरेका छन् भने मधुसूदन शर्मा अर्यालले ७५२ लिएका छन् । यस्तै सचिवमा सुमन शर्माले १०४१ , निर्मल गौतमले ६६६ मत लिएका छन् ।

यस्तै कोषाध्यक्षमा धुव्र केसीले ११८४, नरबहादुर बुढाथोकीले ५३६ लिएका छन् । यस्तै महिला सदस्यहरु तर्फ दुई हजार मत गणना हुदा महिला सदस्यमा यशोदादेवी पाण्डेले ९७८ भने विष्णु कालाथोकीले ७१३ मत लिएकी छन् । यस्तै खुमा खड्का थापा मगरले १०४५ मनकुमारी पुनले ५०० र लक्ष्मी सिंह ठकुरीले ८६३, भूमा चौधरीले ६५३, मत प्राप्त गरेका छन् । खुल्ला सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, दुर्गा खत्री, नारायण भण्डारी र दिलिप खनाल प्रतिस्प्रधामा रहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार
प्रतिक्रिया