२५ लाख रुपैँया भन्दा बढी बिद्युत महसुल अशुल गर्न बाँकी

माघ २७, २०७५

बुद्धि पुन, सल्यान २७ माघ । नेपाल बिद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले सल्यानमा २५ लाख रुपैँया भन्दा बढी बिद्युत महसुल अशुल गर्न बाँकी रहेको जनाएको छ । जिल्लामा चालु आर्थिक बर्षको हाल सम्ममा २५लाख २० हजार ५सय ७७ रुपैँया विद्यतु महसुल उठाउन बाँकी रहेको बितरण केन्द्रका आय प्रमुख तिलक पौडेलले जानकारी दिनुभयो ।
उहाँले बिभिन्न ब्यक्ति,संस्था तथा कार्यालयहरुबाट बिद्युत महसुल उठाउन बाँकी रहेको बताउनुभयो । बिद्युक्त महसुल बुझाउन ताकेता गर्दा पनि महसुल नबुझाउने धेरै रहेको उहाँले बताउनुभयो ।उहाँका अनुसार साउनदेखी हालसम्ममा जरिवाना सहित ३ लाख ३० हजार ८ सय ९२ रुपैँया बख्यौता रकम अशुल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस