लैङ्गिक क्षमता बिकास सम्वन्धि दुइ दिने तालिम सम्पन्न

तुलसीपुर, २६ माघ । दाङको शान्तिनगर गाउँपालिका अन्र्तगत महिला बिकास शाखा कार्यालय चिराघाटको आयोजनामा लैङ्गिक क्षमता बिकास सम्वन्धि दुइ दिने तालिमको शनिवार समापन गरिएको छ । गाउँपालिकाका अध्यक्ष कमान सिङ डाँगीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिथिला शाह , वडा अध्यक्षहरु रवि बुढाथोकी, जङ्ग बहादुर पुन , धन बहादुर केसि, गिरिराज बस्नेत र वडा नम्बर ७ का सचिव राजेश कुमार गुप्ता लगाएतले बोलेका थिए ।

दुई दिन सम्म सन्चालन भएको तालिममा न्यायीक समितिका सदस्यहरु र वडा अध्यक्ष तथा सचीवहरुको सहभागी रहेको गाउँपालिका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् । तालिमको प्रशिक्षकमा अधिबक्ता मोहन धिताल रहेका थिए भने समापन कार्यक्रमको सहजीकरण महिला शाखा प्रमुख गुप्ता कुमारी अधिकारीले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया