लाहुरेखोला घाटमा शवदाह गृह निर्माण हुने

तुलसीपुर, २६ माघ । तुलसीपुर ३ लाहुरेखोला घाटमा शवदाह गृह निर्माण गर्नका लागी समिति गठन गरिएको छ । शनिवार रानागाउँमा सम्पन्न भएको स्थानियहरुको भेलाले झविलाल घिमिरेको अध्यक्षतामा ९ सदस्यिय शवदाह गृह निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शसीधर वली, सचिवमा दिपा वली, कोषाध्यक्षमा मोहन वली र सहसचिवमा देव बहादुर वली रहेका छन् । यस्तै सदस्यहरुमा राजेन्द्र गुरुङ, चुडामणि वली रहेका छन् भने एक जना सदस्य पछि थप गरिने छ ।

समदर्शी युवा क्लवका अध्यक्ष यमन खड्काको अध्यक्षतामा भेला सम्पन्न भएको हो । साथै भेलाले सुरविर वलीको अध्यक्षतामा ५ सदस्यिय अनुगमन समिति गठन गरेको छ । जसको सदस्यहरुमा श्यामलाल महतरा, टेकराज केसी, बासुराम वली र युवराज बुढाथोकी रहेका छन् । शवदाह गृह नहुदा समस्या भएको भन्दै यस्तो कार्यलाई अघि सारिएको हो ।यस्तै उक्त स्थानमा जानका लागी बाटो समेत राम्रो नभएको भन्दै बाटो निर्माण समेत गरिने भएको छ ।भेलाको सहजीकरण क्लवका सल्लाहकार चेतमान सेजुवालले गरेका थिए ।
क्लवले ५० हजार सहयोग गर्ने
यसैविच क्लवका अध्यक्ष यमन खड्काले क्लवले भैलो खेलेर संकलन गरेको ५० हजार रकम शवदाह गृह निर्माणका लागी सहयोग गर्नेे प्रतिबद्धता जनाएका छन् ।निर्माण समितिले सवै संघसंस्था तथा व्यक्तिहरु संग समन्वय गरी आर्थिक सहयोग संकलन गरिने अध्यक्ष झविलाल घिमिरेले बताएका छन् । अहिले कतैबाट वजेट विनियोजन नभएको भन्दै सहयोग रकमबाटै शवदाह गृह निर्माण गरिने हुदा सहयोग गरिदिन सवैमा आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया