घाईते चौधरीको उपचारका क्रममा निधन

माघ २६, २०७५  

तुलसीपुर, २६ माघ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएकी तुलसीपुर १७ मानपुर निवासी ६५ बर्षिया छोटकनिया चौधरीको नेपालगंज नर्सिङहोम अस्पतालमा उपचारको क्रममा शनिवार विहान सवा नौ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उनलाई गत माघ २ गते मानपुर नजिकै साँझ साढे सात बजेतिर बिजौरी बाट मानपुर तर्फ जाँदै गरेको रा ३ प ९११६ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस