घाइते भएका सांसद वलीलाई थप उपचारका लागि शुक्रवार काठमाडौ लगियो

माघ २५, २०७५

तुलसीपुर, २५ माघ । दाङमा भएको सवारी दुर्घटनामा परि घाइते भएका ५ नम्वर प्रदेश सांसद उत्तर कुमार वलीलाई थप उपचारका लागि कोहलपुरबाट हेलिकप्टर मार्फत काठमाडौ लगीएको छ ।नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भेन्टिेलेरमा राखेर उपचार भईरहेको बेला त्यहा सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा शुक्रवार हेलिकप्टर मार्फत काठमाडौं लगिएको सांसद वलीका स्वकीय सचिब यमन शाहले जानकारी दिएका छन् । सांसद वलीको स्वास्थ्य अबस्थामा क्रमिक सुधार भए पनि खतरामुक्त भने भईनसकेको चिकित्सकहरुले बताएका छन् ।
तुलसीपुर बाट बिरगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र बुटवलबाट तुलसीपुर तर्फ आउँदै गरेको सांसद वली चढेको बा १८ च ६८३६ नम्बरको कार बिहिवार पौने पाँच बजेतिर घोराही लमही सडक खण्ड अन्र्तगत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठोक्कीदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस