सम्राट वोर्डिङ स्कुलमा खेलकुद कार्यक्रम शुरु

 

तुलसीपुर, २४ माघ ।
सम्राट ईगलिश बोर्डिङ स्कुल तुलसीपुर ३ दमारगाँउ दाङमा आजदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । वार्षिक रुपमा हुने प्रतियोगिताको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको हो ।

३ दिन सम्म हुने प्रतियोगितामा फुटवल , क्रिकेट , भलिवल ,दौड , हिसाव दौड , चकलेट दौड ,तातो आलु , कुर्सि दौड, खो खो लगाएतका खेलहरु हुने बिद्यालयका खेल शिक्षक झग्गु छन्तेलले जानकारि दिनुभयो । प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने बिद्यार्थिहरुलाई विद्यालयको वार्षिक उत्सवका अवसरमा पुरस्कृत गरिने बताईएको छ ।

बिद्यालयले पढाईका अलावा बिद्यार्थिहरुको चौतर्फि बिकास गर्ने उदेश्यले प्रत्येक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिता उदघाटनका अवसरमा बोल्दै बिद्यालयका प्रिन्सिपल विमल गौतमले खेलकुदले बालबालिकाहरुको वौदिक तथा शारिरिक बिकासमा सहयोग पुग्ने बताउनु भयो । गौतमले अनुसासित र सभ्य तरिकाले खेलकुद प्रतियोगितामा भाग लिन सवै बिद्यार्थिहरुलाई आग्रह गर्नु भयो ।

प्रतियोगिता अन्र्तगत आज प्रावि तहको चकलेट दौड , हिसाव दौड , तातो आलु , १०० मिटर छात्र छात्रा दौड , कुर्सि दौड, हाजिरी जवाफ लगाएतका प्रतियोगिता सम्पन्न भएका छन भने केहि खेल हरु वर्षाका कारण स्थगित भएको बिद्यालयले जनाएको छ । कार्यक्रमको संचालन बिद्यालयका भाईस प्रिन्सिपल खिम प्रसाद भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया