दाङमा बसले कारलाई ठक्कर दिदा एकको मुत्यु, सांसद वली सहित १४ जना घाईते

माघ २४, २०७५  

तुलसीपुर २४ माघ ।दाङमा बसले कारलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने प्रदेश ५ का सांसद उत्तरकुमार वली सहित १४ जना घाईते भएका छन् । घोराही बाट लमही तर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर तर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई विहिवार पौने पाँच बजेतिर घोराहीलमही सडक खण्ड अन्र्तगत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लमहीले बताएको छ ।
दुर्घटनामा परि ज्यान जानेमा बसमा सवार रुकुम घर भएकी अन्दाजी २७ वर्षिया रमिता शर्मा रहेको प्रहरीले बताएको छ । दुर्घटनामा परि सांसद वलीको टाउको र खुट्टामा चोट लागेको र उनको थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । अन्य घाईतेहरुको लमही अस्पतालमा उपचार भईरहेको बताईएको छ । कारमा दुई जना मात्र सवार रहेको जनाईएको छ भने १२ जना घाईते हुने बसमा सवार रहेका हुन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस