हाम्रो पहुँचमा खेलकुद कार्यक्रम सुरु

तुलसीपुर,२३ माघ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धारा संञ्चालित हाम्रो पहुँच माध्यमिक विद्यालयमा आज एक कार्यक्रम गरि बार्षिक कार्यक्रम अन्र्तगत खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ । विद्यालयका व्यवस्थापक समितीका अध्यक्ष उत्तमप्रसाद भण्डारीको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बालबालिकालाई विभिन्न व्यवहारिक शिक्षा दिनु पर्ने बताउनु भएको थियो ।

खेलले मानिसको मस्तिष्कलाई फुर्तिलो बनाउनु र सहि बिचारले मानिसले काम गर्न सहयोग पुग्ने उहाको भनार्ई थियोे । कार्यक्रममा तेक्वान्दो प्रदेश नं ५ का अध्यक्ष बिमल रिजाल , संस्थाका कार्यबहाक अध्यक्ष डि आर भण्डारी ,अभिभाबक धनराज चन्द लगाएतकाले बोल्नु भएको थियो । विद्यालयका कल्याणकारी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक शिब पुनले गर्नु भएको थियो ।

आज देखि सञ्चालन भएको खेलकुद कार्यक्रम पर्सि सम्म सञ्चालन हुने भएको छ । तिन दिन सम्म सञ्चालन हुने उक्त खेलकुद कार्यक्रम अन्र्तगत आज तेक्वान्दो र कब्बडी खेल भएको छ भने भोलि र पर्सि विभिन्न खेल हुने बताइएको छ ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया