पोइल जान आमाले गरिन बालकको हत्या

तुलसीपुर २३, माघ

आफनै अमाले चार बर्षीय छोरालाई बिष खुवाई हत्या गरेको रहस्य खुलेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका –४ सुगुरपोखरी निबासी १९ बर्षकी युमुना भन्ने एलिशा खत्रीले बालक समिर खत्रीलाई आफनै कोठामा सल्फास नामक बिषादी खुवाई हत्या गरेको प्रहरीले बताएको छ ।
‘पुस २८ गते आफनै कोठमा बच्चाई बिष खुवाई छन,’– जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले भने–‘बच्चाले बमिट गर्न थालेपछि घरकै ससुरा र बुहारीले उपचारका लागि श्रीनगर लग्नेक्रमा बाटोमै मृत्यु भए छ ।

’ घरका अन्य सदस्यले बिष खुवाएको थाहा नपाए पनि मृतक बालकको अन्त्यष्टि पछि कोठामा बिषको गन्ध आएपछि घटनाको रहस्य खुलेको प्रहरीले बताएको छ । श्रीमानसंग राम्रो सम्बन्ध नभएको पर पुरुषसंग प्रेम सम्बन्ध भएका कारण बालकको हत्या गरेको ओरोपीले प्रहरी समक्ष बयान दिएकि छन् । कोठामा बिषको गन्ध आएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया