समाज रुपान्तरणका लागि “करोट”

तुलसीपुर,२१ माघ ।

दर्शकहरुले अत्यधिक मन पराएको नाटक करोटको वारेमा आज सोमवार तुलसीपुरमा अन्र्तक्रिया गरिएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा करोट नाटकका निर्देशक तथा कलाकार प्रनव आकाशले समाजको सकारात्मक परीवर्तनका लागि नाटक करोट तयार पारीएको र देशका विभिन्न ठाउमा देखाउदै आएको कुरा बताए ।

उनले राजधानी बाहिरका दर्शकहरु थियटर सो को वारेमा खासै जानकार नरहेकाले थियटर सो र यसको प्रभावका वारेमा पनि जानकारी दिन राजधानी वाहिरका विभिन्न शहरहरुमा देखाउन थालिएको समेत बताए । साथै जुनसुकै ठाउमा पनि करोट नाटकलाई दर्शकहरुले अत्यधिक मनपराएको उनले बताए ।

दाङको घोराहिमा करोट देखाईसकेको र आज र भोलि तुलसीपुरमा देखाउन लागेको अवगत गराउदै उनले सबैको साथ र सहयोगका लागि समेत अनुरोध गरे । साथै कार्यक्रममा वोल्दै प्रमुख अतिथी ज्ञानज्याति कलेजका प्राचार्य सुरेन्द्र जिसीले काठमाडौ देखि दाङ सम्म आएकोमा धन्यवाद दिदै नाटकको सफलताको शुभकामना व्यक्त गरे ।

यस्तै विशिष्ठ अतिथी गुरु जजुर मावि का प्रअ विष्णु प्रसाद आचार्यले नाटकको केहि एेतिहासिक कुरा गर्दै साहित्यका विभिन्न विधा मध्ये नाटक सबैभन्दा राम्रो भएको बताए । उनले यसरी नाटक तयार पारी समाज रुपान्तरणका लागि युवाहरुले हातेमालो गर्दै अघि बढेकोमा खुसी व्यक्त गरे ।

संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती ववई क्याम्पसका सहायक प्राचार्य सुर्य प्रसाद शर्मा,गोरखा माविका विज्ञान संकाय प्रमुख विष्णु प्रसाद भण्डारी,साहित्यकार वसन्त आचार्य,डिल्ली वस्नेत संगीत,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी,नायक मनोज लामिछाने लगायतले नाटक सम्वन्धि आ–आफ्नो धारणा राखेका थिए । संघका सदस्य दिपक कुमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन सचिव सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार
प्रतिक्रिया