ईन्ट्रयाक्ट क्लब अफ गोरखाद्धारा बृद्धलाई सहयोग

माघ २०, २०७५

तुलसीपुर,माघ २० ।
ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलले तुलसीपुर उप महानगरपालिका वडा नम्बर १२ मा अवस्थित बृद्ध सेवा समितिमा पुगेर विभिन्न सामग्रि बितरण गरेको छ । सो अवसरमा ५ जना बृद्धहरुलाई चप्पल(जुत्ता, खाध्यान्न, फलफुल तथा खानेकुराहरु बितरण गरिएको थियो । क्लवका अध्यक्ष कृष्ण गौतमको अध्यक्षता तथा बृद्ध सेवा समितिका संयोजक नोखीराम बस्नेतको प्रमुख आतिथ्यता एवं रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम तथा रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको आर्थिक सहयोगमा बृद्धबद्धाहरुलाई सहयोग गर्न संभब भएको हो ।

सो अवसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठ, भावी अध्यक्ष देव बहादुर केसी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्मा, निवर्तमान अध्यक्ष सचिन पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलकी सदस्य अंकिता यादबको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिब धिरेन गौतमले गर्नुभएको थियो ।।

प्रतिक्रिया दिनुहोस