अध्यक्षकप रनिङशिल्ड वडा नम्वर २ ले हात पा¥यो

तुलसीपुर, २० माघ । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको आयोजनामा गत बुधवार देखी सुरु भएको दोस्रो अध्यक्षकप रनिङशिल्ड प्रतियोगितामा वडा नम्वर २ ले सर्वाधिक अंङक ल्याएर शिल्ड उपाधी हात पार्न सफल भएको छ । त्यस्तैगरी दोस्रोमा वडा नम्वर ४ र तेस्रोमा वडा नम्वर ३ ले स्थान हासील गरेका थिए । शनिबार भएको अन्तिम खेलमा २ ले उपाधी हात पार्न सफल भएको हो ।
यस्तै महिला भलिवल तर्फको उपाधी वडा नं. ७ ले चुम्न सफल भएको छ । वडा नं. ४ लाई पराजित गरि वडा नं. ७ ले उपाधी हात पार्न सफल भएको हो । वडा नं. ४ द्धितिय र वडा नं. ३ तृतिय भएका छन् । त्यस्तै क्रिकेटतर्फ वडा नं. २ प्रथम र वडा नं. ६ द्धितिय भएका छन् । त्यस्तै लोकदोहोरी तर्फ वडा नं. १ प्रथम, वडा नं. ३ द्धितिय र वडा नं. २ तृतिय भएको गाउँपालिका प्रेस सल्लाहकार निरास पाण्डेले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता एवं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो । सो अवसरमा बोल्दै सांसद वलीले शान्ती नगर गाउपालिकामा कोल्डस्टोर स्थापनाका लागी प्रदेश सरकारले वजेट विनियोजन गरेको बताएका छन् । प्रदेश सरकारको कृषि स्मार्ट सिटिको अवधारणा अन्र्तगत शान्तीनगर गाउँपालिका वडा नम्वर ७ लाई पनि छनोट गरेको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया