दर्पण कृषि सहकारीको सातौं साधारण सभा

सुमन वली,तुलसीपुर,१९ माघ ।
दर्पण कृषि सहकारि संस्थाको सातौं वार्षिक साधारण सभा आज तुलसिपुर वडां नं २ को बालापुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भिम बहादुर वलीको अध्यक्षता तथा वडा अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यता एंव तोरी जोन कार्यक्रमका तिलक केसीको विशिष्ठ आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा कोषाध्यक्ष पुर्ण बहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैविच, सभाले भिमबहादुर वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शालिकराम सुनार, सचिवमा मोहन डाँगी , कोषाध्यक्षमा पूर्ण बहादुर केसी रहेका छन ।

यस्तै सदस्यहरुमा गोपाल प्रसाद वली, अम्वीका प्रसाद योगी, चेतलाल भण्डारी, गोबद्र्धन खत्री, बिनोद बस्नेत, भरतमणि न्यौपाने, महिला सदस्यमा यमकला खड्का रहेका छन् । सालिकराम सुनारको स्वागत मन्तव्य बाट सुरु भएको सभाको सहजिकरण सचिब मोहन डाँगीले गरेका थिए ।।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया