हिमालमा इन्ट्रयाक्ट क्लब गठन

तुलसीपुर,माघ १८ ।
रोटरी क्लब अफ तुलसीपुर सीटीले हिमाल एकाडेमी तुलसीपुरमा लेखराज केसीको अध्यक्षतामा ५७ सदस्यीय इन्ट्रयाक्ट क्लब गठन गरेको छ । क्लबको उपाध्यक्षमा वर्षा उपाध्याय, सचिवमा रोहन बिसी, कोषाध्यक्षमा प्रतिज्ञा डांगी र सहसचिवमा निर्देश तिवारी चयन हुनु भएको छ ।

कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता एवं क्लबका पूर्व अध्यक्ष तथा तुलसीपुर उध्योग वाणिज्य संघका अध्यक्ष विरु रावतको प्रमुख आतिथ्यतामा भएको थियो । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिजय केसीले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए ।

कर्यक्रममा बोल्ने बत्ताहरुले बास्तविक पीडितलाई सहायता गर्नु नै समाज सेवाको सहि अर्थ भएको हुँदा त्यसलाई पहिचान गरी प्रतिवद्ध भएर लागे मात्र सामाजिक संघ संस्था लगायत क्लबहरुको अस्तित्व जोगिने बताएका थिए । कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजाल ,हिमाल एकाडेमीका प्रिन्सिपल मधुसूदन केसी, क्लबका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठ,पूर्व अध्यक्ष कुशल तर्ताल, भाबी अध्यक्ष देव बहादुर केसी, कोषाध्यक्ष सन्दिपन रिजाल, रोटरियन देवेन्द्र केसी, मनोज बस्नेत, राजिव वली, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, रोट्रयाक्ट सुरजजंग रायमाझी, इन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका अध्यक्ष कृष्ण गौतम लगाएतको सभागिता थियो ।

कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिनिल केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया