पुरुष भलिबल तर्फको उपाधी तुलसीपुरले चुम्यो

लक्ष्मण बस्नेत , तुलसीपुर १३ माघ ।
दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को पुरुष तर्फको उपाधी तुलसिपुर उपमहानगरपालिकाले चुमेको छ । तुलसिपुर उपमहानगरपालिकाका को आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा राप्ती गाउँपालिकालाई २३-२५,१९-२५,२५-१९,२५-१९ र १५-९ को सेट अर्थात डिसाईडेट गेममा पराजित गर्दै तुलसिपुर उपमहानगरले उपाधी उचालेको हो । दुबै टिम बिचको खेल दुई दुई सेटको बराबरि भएपछी खेल डिसाइडेटमा पुगेको थियो ।

कडा प्रतिस्पर्धाका बिच सानदार जित निकालेको तुलसिपुरले उपाधी सगै नगद ७५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको छ १ त्यस्तै फाईनलमा पराजित राप्ती गाउँपालिका उपविजेतामा जित्त बुझाउदै नगद ५० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो भने घोराही उपमहानगर पालिकाले तृतिय स्थान हात पार्दै नगद ३० हजार ट्रफी,मेडल,प्रमाणपत्र हात पार्‍यो ।

यसअघि सनिवार सम्पन्न महिला तर्फको भलिबलको उपाधी दङिशरण गाउँपालिकाले हात पारेको थियो । त्यस्तै उपबिजेता र तृतीय स्थान क्रमशः शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले हात पारेको छ । यसैबीच प्रतियोगिताको समापन समारोह मेयर कप खेलकुद प्रतियोगिता संचालन समितिका सयोजक अमर नेपाली माईकलको अध्यक्षता तथा प्रतिनिधि सभाका सासद माननीय हिरा चन्द्र केसिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यमा भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी माननीय हिराचन्द्र केसिले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहेको बताउनु भएको छ । यस्तै बिशिस्ट अतिथि मेयर पाण्डेले व्यवसायीक खेलकुद अबको गन्तव्य भएकाले दाङको समृद्धी र पहिचानको रुपमा खेलकुदको विकास गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय भलिबल सघका अध्यक्ष देबेन्द्र बैरागी लगाएतका बोल्नु भएको थियो ।

उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमालले संचालन गरेको कार्यक्रममा पुरुष तर्फको उत्कृष्ट खेलाडी तुलसिपुर उपमहानगरपालिका ओम प्रकाश मल्ल र महिला तर्फ दंगीशरण गाउँपालिकाकी अन्जना बुढाथोकी र उदयमान खेलाडी शान्तिनगर गाउँपालिकाकी मोनिका बिष्टलाई घोशित गरिएको थियो । सो अबसरमा समाचार प्रकाशन र सम्प्रेशनमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको दाङमा क्रियाशिल आम सन्चार माध्यम र पत्रकारलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया