किसान बलियो भए देश बलियो: सांसद केसी

माघ १२, २०७५  

तुलसीपुर,१२ माघ ।
बालापुर जन कृषि सहकारी संस्था दगिसरण गाउपालिका ५ को आठौं साधारण आज सम्पन्न भएको छ । सभालाई उद्घाटन प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले गरेका हुन । सभालाई सम्बोधन गर्दै सांसद केसीले सहकारीको माध्यम बाट नै आर्थिक रुपमा सम्पन्न बन्न सकिनेमा जोड दिएका थिए । अव सहकारीले बचतकर्ता लाई सीपमुलक तालिम प्रदान गरि ब्यावसायिमुलक बनाउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement

किसानहरुलाई कृषिमा आकर्षित गर्नेखालका कार्यक्रम सञ्चालन गर्न सहकारीले ध्यान दिनुपर्ने सांसद केसीको भनाई थियो । पश्चिम दाङ कृषिमा सम्भावना बोकेको जिल्ला भएको हुदा यसमा सरकारले पनि विषेश ध्यान दिने उनले बताएका थिए । किसानको आर्थिक अवस्था बलियो भए मात्र देश बलियो बन्ने हुदा कृषिमा भएका समस्या सरकारले समाधान गर्ने उनले बताएका थिए ।

कृषि सहकारी संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको साधरण सभामा नेकपा नेता चुर्ण बहादुर ओलि , उपभोक्ता सहकारी संघ दाङका सदस्य भिम ब ओलि लगायतले बोलेका थिए । सहकारीका सल्लाहकार सदस्य एम बहादुर बिक को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण भरत ओलिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस