मेयर कप: महिला भलिबलको उपाधी दंगीशरणलाई

 

लक्ष्मण बस्नेत , तुलसीपुर १२ माघ ।
दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को महिला तर्फको उपाधी दङिशरण गाउँपालिकाले चुमेको छ । तुलसीपुर उपमहानगरपालिकाकाको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिकालाई २५–२१,२५–१८ र २५–२० अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै गाउँपालिकाले महिला तर्फको उपाधी उचालेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको फाइनल खेलमा शसक्त र शानदार प्रदर्शन गरेको दंंगीशरणले उपाधी सगैंं नगद ७५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै फाईनलमा पराजित शान्तिनगर उपविजेतामा जित्त बुझाउदै नगद ५० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो भने बबई गाउपालिकाले तृतिय स्थान हात पार्दै नगद ३० हजार ट्रफी,मेडल,प्रमाणपत्र हात पार्‍यो । बिजेता टिमलाई आईतवार हुने प्रतियोगिता समापन समारोहमा पुरस्कार प्रदान गरिनेछ ।

यसैबिच प्रतियोगिता अन्तरगत आईतवार पुरुष तर्फको फाईनल खेल बिहान ११ बजे हुनेछ । फाईनलमा आयोजक तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालीका बिच उपाधिका लागि भिड्न्त हुनेछ । शनिवार सम्पन्न सेमिफाइनलमा राजपुर गाउँपालिका लार्इ २–० को सोझो सेटमा पराजित गर्दै आयोजक तुलसीपुर उपमहानगरपालिकाले फाइनल यात्रा तय गरेको हो भने घोराही उपमहानगरपालिका लाई २–० को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिकाले उपाधी भिड्न्तमा तुलसीपुर संगको भेट पक्का गरेको हो ।

यसैबिच पुरुष तर्फको तृतीय स्थान घोराही उपमहानगरले हात पारेको छ । उसले राजपुर गाउपालिकालाई पराजित गर्दै तृतीय स्थान हात पारेको हो ।

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार
प्रतिक्रिया