कुशल प्राविधिक प्रमुख कँडेलको विदाई

तुलसीपुर ७ माघ

रेडियो प्रकृति एफएमका सल्लाहकार बलदेव शर्माले रेडियो प्रकृति एफएमलाई नयाँ उचाईमा पु¥याउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । विदाई भएर जान लाग्नुभएका रेडियो प्रकृतिका प्राविधिक प्रमुख माधव कँडेलको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले इमान्दारी पूर्वक काम गर्ने व्यक्तिको जुनसकै ठाउँमा पनि कदर हुने बताउनुभयो । पदीय जिम्मेवारीमा रहदा कँडेलले निकै राम्रो काम गरेको प्रसंशा गर्दै सल्लाहाकार शर्माले अन्य कर्मचारीले आ–आफनो ठाउँबाट जिम्मेवारी पूर्वक काम गरेमा रेडियोलाई अगाडि बढाउन सकिने बताउनुभयो ।


रेडियो संचालक समितिका सदस्य संगित बस्यालको अध्यक्षतामा भएको विदाई कार्यक्रममा विदाई भएर जान लाग्नु भएका कँडेललाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान समेत गरिएको थियो । २०६७ मंसिरबाट कृषि कार्यक्रम मार्फत रेडियोमा प्रवेश गर्नुभएका कँडेल कार्यक्रम संचालक, कार्यक्रम साहयक हुदै प्राविधिक प्रमुखको भूमिकामा बसेर काम गर्दै आउनुभएको थियो । सो अवसरमा विदाई भएर जान लाग्नु भएका प्राविधिक प्रमुख माधव कँडेल, विज्ञापन प्रमुख जया पाण्डे लगाएतले विदाई मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार
प्रतिक्रिया