राप्ती ईन्जिनियरिङका विद्यार्थीले गरे सहयोग

माघ ०७, २०७५

घोराही
राप्ती ईन्जिनियरिङमा अध्यनरत विद्यार्थीहरुले हात खुट्टा गुमाएका कृष्ण ओलीलाई सहयोग गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरुद्धारा सहयोग संकलन गरेको सहयोग संकलन अभियानका संयोजक देबराज कार्कीले जानकारी दिनुभयो । पहिलो बर्ष बि.ई सिभिलको विद्यार्थीका तर्फबाट ५ हजार ७ सय २०, दोश्रो बि.ई सिभिल ४ हजार ६ सय २५,तेश्रो बि.ई सिभिल ७ हजार ७ सय चौथो बि.ई सिभिल एक हजार, दोश्रो बि.सि.ए.को तर्फबाट ६ सय ५ र शिक्षक तथा कर्मचारीका तर्फबाट ९ हजार २ सय ८० रुपैयाँ गरी जम्मा २८ हजार ९ सय ३० रुपैयाँ सहयोग प्रदान गरेको कार्कीले जानकारी दिनुभयो ।
संकलित सहयोग रकम एक कार्यक्रमका विच पिडित कृष्ण ओलीलाई हस्तान्तरण गरिएको थियो ।सहयोग संङकलन अभियानका संयोजक देबराज कार्कीले कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीलाई पैसा जम्मा गरेको भौचार हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस