शैक्षिक महोत्सवमा साढे पाँच लाख संकलन

तुलसीपुर,

माध्यामिक विद्यालय अश्वारामा संचालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा ५ लाख बढि आर्थिक संकलन भएको छ । विद्यालयमा प्राविधिक शिक्षा तथा स्मार्ट विद्यालय संचालनका लागि आयोजना गरिएको महोत्सवमा आइतबार सम्म ५ लाख ५८ हजार ४ सय ७५ रुपैयाँ संकलन भएको अथिति सत्कार उपसमितिका संयोजक दशरथ वलीले जानकारी दिनुभयो । शैक्षिक तथा धार्मिक महोत्सव शनिबार देखि सुरु भएको हो ।
आइतबार सर्बै भन्दा बढि दान गर्ने पूर्व सिचाई मन्त्री दिपक गिरी हुनुहुन्छ । पूर्व सिचाई मन्त्री गिरीले ५१ हजार पाँच रुपैया नगद प्रदान गरेपछि उहाँलाई खाँदा ओढाएर बाजागाज सहित सम्मान गरिएको थियो । त्यसैगरी महोत्सवमा तुलसीपुर उपमहागनरपालिका – ८ का मंगलसिङ रोकाले २६ हजार ७ सय ५ , केशव शर्माले २१ हजार पाँच सय ५५, मितेरी टोल विकास संस्थाले पाँच हजार ५ र एकता टोल विकास संस्थाले पाँच हजार ५ रुपैया दान गरेका थिए । शनिबार मात्रै शान्ति कलसबाट ४ लाख ४४ हजार रुपैयाँ आर्थिक संकलन भएको संयोजक दशरथ वलीले जानकारी दिनुभयो । पण्डित हरिशरण उपाध्याय प्रमुख बाचक रहेको शैक्षिक तथा धार्मिक महोत्सवमा भक्तजनहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार
प्रतिक्रिया