शैक्षिक महोत्सवमा एक करोड संकल गर्ने लक्ष्य

पुष ३०, २०७५

तुलसीपुर, ३० पुस / शैक्षिक तथा धार्मिक महोत्सव २०७५ को तयारी तिव्र पारिएको अश्वारा माध्यामिक विद्यालयले जनाएको छ । तुलसीपुर – ८ स्थित आयोजक संस्था अश्वारा माविले रिपोर्टर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलनको अयोजना गरेर यस्तो जानकारी गराएको हो ।

विद्यालयमा प्राविधिक शिक्षा तथा स्मार्ट विद्यालय संचालनका लागि माघ ५ गते देखि ११ गते सम्म शैक्षिक तथा धार्मिक महोत्सव संचालन गर्न लागिएको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेले पठनपाठनमा कुनै समस्या नपर्ने गरी महोत्वसको तयारी गरिएको जानकारी दिनुभयो ।

एक करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महोत्वसलाई सफल पार्न, प्रचारप्रसारलाई तिब्र पारिएको छ भने शान्ति कलस वितरण, हवन कुण्ड, धान्याञ्चल, तुलादानका लागि मण्डपको निर्माण कार्य जारि रहेको अथिति सत्कार तथा परिचालन उपसमितिका संयोजक दशरथ वलीले जानकारी दिनुभयो ।
। त्यसैगरी महोत्वस मुल समारोह समिति, विभिन्न उपसमितिहरु पनि गठन गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा ५१ लाख भन्दा माथिको दान गर्नेलाई दान शिरोमणी प्रदान गर्नु साथै दाताले तोकेको नामबाट विद्यालय भवनको नामाकरण गरिने छ । त्यसैगरी ३१ लाख माथि दिनेलाई दाताले तोकेको नामबाट पुस्तकालयको नामाकरण गरिने भएको छ ।
त्यसै गरी २१ लाख भन्दा माथि दिनेलाई दाताले तोकेको व्यक्तिको पूर्ण कदको शालिक निर्माण गर्न विद्यालयमा स्थल उपलब्ध गराउने, ११ लाख भन्दा माथि दिने दातालाई अर्धकदको शालिक निर्माण गर्न स्थल निर्माण गर्ने, ५ लाख भन्दा माथि दिने दातालाई घरैबाट बाजगाजा सहति नगर परिक्रमा गरी ब्यासपिठबाट सम्मान गर्ने, एक लाख भन्दा माथि दान गर्नेलाई सभा नायकको रुपमा सम्मान गर्ने, ५१ हजार माथि दिनेलाई पति पत्निको नाम सिलालेखमा नाम राख्ने, २१ हजार माथि दिनेलाई शिशाको फ्रेममा सम्मान सहित शिलालेखमा नाम लेख्ने, ११ हजार माथि दिनेलाई सम्मान पत्रका साथ ब्यास पिठबाट टिका ग्रहण गराउने, ५ हजार माथि दान गर्नेलाई सम्मान पत्रले सम्मान गर्ने उल्लेख छ ।
शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष टेकनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रमो सहजीकरण संचार संयोजक ओपेन्द्र बस्नेतले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन रिपोर्टर्स क्लबका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस