गरिब बालबालिकाले पाए न्यानो कपडा

पुष ३०, २०७५  

 

Advertisement

तुलसीपुर ३० पुस
तुलसीपुर उपमहानगरपालिका –५ नम्बर वडा कार्यालयले दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ज्ञान ज्योति आधारभुत विद्यालय तुलसीपुरमा अध्यनरत दुई सय बढी विद्यार्थीलाई वडा कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरेर जोडोमा सुईटर वितरण गरेको हो । विद्यार्थीलाई न्यानो कपाडा वितरण गर्दै प्रदेश सांसद डिल्लीबहादुर चौधरीले जनप्रतिनिधिले सधै जनातको दुःखमा साथ दिनु पर्ने बताउनुभयो । जनताको दुःख शुखमा साथ दिने व्यक्ति नै असल नेता हुने भन्दै सांसद चौधरीले वडाले गरिब बालबालिकाई कपडा वितरण गरेर नमुना योग्य काम गरेको बताउनुभयो । सो अवसरमा वडाध्यक्ष वीरेन्द्र कुमार शाहले चिसोकै कारण बालबालिकाले कक्षा कोठामा बस्दा वा अध्यन गर्दा कठिनाई भोग्न परोस भन्ने उद्देश्यले ३० हजार बराबरको कपाड वितरण गरेको बताउनुभयो ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी बहादुर विकको अध्यक्ष्तामा भएको कार्यक्रममा वडा अध्यक्ष वीरेन्द्रकुमार शाह, दाङ जिल्ला ट्याक्टर व्यवसायी समितका अध्यक्ष चिन्तामणी आचार्य, तुलसीपुर उद्योगबाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, स्रोत व्यक्त मुकुन्द रिजाल, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगाएतले बोल्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक विवेक विकले गर्नुभएको थियो । वडाध्यक्ष शाहले गत बर्ष पनि व्यक्तिगत लगानीमा विद्यालयका दुई सय बढी बालबालिकालाई पोशाक वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस