दाङका स्थानिय तहको बर्गिकरण दुई सुगम, छ मध्यम

पुष २९, २०७५  

तुलसीपुर, २९ पौष ।सरकारले सात सय ५३ वटै स्थानिय तहलाई गरेको बर्गिकरण सुचि सार्वजनिक गरेको छ । राज्य पुनसंरचना पछि पहिलो पटक स्थानिय तहलाई चार भागमा बर्गिकरण गरीएको छ । जसमा अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यमलाई ग र सुगमलाई घ वर्गमा विभाजन गरिएको छ ।

जसमा दाङका १० वटा स्थानिय तह मध्ये दुई वटा स्थानिय तह ख वर्ग आर्थात सुगम , दुई स्थानिय तह घ वर्ग र ६ वटा स्थानिय तह ग बर्गमा प्रस्ताव गरिएको छ । जस अन्र्तगत बंगलाचुली र राजपुर गाउँपालिकालाई दुर्गम अर्थात ख वर्गामा राखीएको छ ।यस्तै घोराही र तुलसीपुर उपमहानगरपालिकालाई घ वर्गमा अर्थात सुगममा राखीएको छ भने बाँकी दंगीशरण, शानतीनगर, बबई गाउपालिका, राप्ती गाउपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकालाई ग वर्गमा राखीएको छ ।

प्रतिक्रिया दिनुहोस