प्रधान सेनापति थापालाई भारतमा दर्ज्यानी चिन्ह प्रदान

तुलसीपुर,२८ पुस

भारतीय राष्ट्रपति राम नाथ कोविन्दले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिलाई सम्मान गरिएको हो ।

नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : २०७५ पुष २८ गते शनिवार
प्रतिक्रिया