विद्युत सेवा सुचारु हुन अझै केहि समय लाग्ने

तुलसीपुर, २८ पौष । शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुदा तुलसीपुर क्षेत्र सहित पश्चिम दाङका उपभोक्ताहरु मर्कामा परेका छन् । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले कार्यालय परिसरमा विद्युत सम्बन्धीको कार्य गर्नका लागी विद्युत सेवा अवरुद्ध भएको जनाएको छ । कार्यालयले पश्चिम पन्चकुले देखी तुलसीपुर ल्याउन लागीएको ३३ केभी विद्युत प्रशारण लाईनको तार जमिनमुनी गाड्नका लागी काय भईरहेको भन्दै विद्युत सेवा अवरुद्ध भएको जनाएको छ ।

कार्यालयका अनुसार शनिवार विहान साढे ११ वजेदेखी केन्द्र मार्फत तिन वटा लाईन काटिएको छ । जसमा एयरपोर्ट फिडर लाईन , आँखा अस्पातल रक्षाचौर फिडर लाईन र हापुरे फिडर लाईनमा विद्युत सेवा अवरुद्ध भएको छ । कार्यालयले दिएको जानकारी अनुसार काम भईरहेको र अवको केहि समयमै विद्युत सुचारु हुने भएको छ ।

प्रकाशित मिति : २०७५ पुष २८ गते शनिवार
प्रतिक्रिया