प्रधानसेनापति थापा भारत प्रस्थान

तुलसीपुर, २७ पुस

प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारत तर्फ आज प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा सात दिने भारत भ्रमणमा गएका हुन् । सेनापति थापा माघ २ गते सम्म भारतको औपचारिक भ्रमणमा रहने छन् ।

भ्रमण दलको टोली ७ सदस्यीय छ । भारत भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । थपालाई बलाधिकृत रथी श्री हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई भोली भारतका राष्ट्रपति श्री राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार
प्रतिक्रिया