तुलसीपुर १० मा माघि मिलनको आयोजना

तुलसीपुर,२६ पुस ।

शान्ती टोल एवं चौधरी टोल तुलसीपुर १० नँयागाउले आयोजना गरेको माघी मिलन बृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ । यहि पुस २७ गते आयोजना गरिएको कार्यक्रमको तयाररी पूरा भएको आयोजक माघु चौधरीले जानकारी दिएका छन ।

कार्यक्रममा लोक गायक प्रेम बिवस घर्ती,रोसन रत्गैया लगायत विभिन्न गााँउ टोलको थारु नाच प्रस्तुत हुने जनाइएको छ । उक्त कार्यक्रालाई प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसिले सम्बोधन गर्ने स्वकिय सचिब सन्तोष वलीले जानकारी दिएका छन । यसै बिच कार्यक्रममा उपस्थितीका लागि आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया