राप्ती को २ नं वडामा खेलकुद प्रतियोगीता

 

तिर्थराज ज्ञवाली 

मसुरीया(दाङ)/ राप्ती गाउँपालिका वडा नं २ मा वडा स्तरिय खेलकुद प्रतियोगीता बुधवारदेखी सुरु भएको छ ।राप्ती गाउँपालिका वडा नं २ को वार्षिक कार्यक्रम अन्तरगत वडा स्तरिय खेलकुद प्रतियोगीता कार्यक्रम सुरु भएको हो । खेलकुद कार्यक्रमको  उद्घाटन गदै राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले युवा तथा खेल प्रेमीहरुलाई खेल प्रतिको रुचिको विकास गर्न र दक्ष खेलाडिको पहिचान एवं  नराम्रा खराव लत बाट टाढा गराउन समेत खेल कुद आवस्यक रहेको बताउनुभएको छ ।

राप्ती गाउँपालिका वडा नं २  का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता, राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता एवं  उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ठ आथित्यतामा खेलकुद कार्यक्रम सुरु भएको हो ।आगामी  पौष ३० सम्म चल्ने प्रतियोगीतामा विजेता टिमलाई नगद तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार
प्रतिक्रिया