लामिडाँडा टोल विकास संस्थाको प्रथम साधारण सभा

पुष २३, २०७५  

तुलसीपुर,२३ पुस ।

Advertisement

तुलसीपुर उपमहानगरपालीका १२ मा रहेको लामिडाँडा टोल बिकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष युबराज केसीको अध्यक्षता तथा वडा सदस्य मान बहादुर केसीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सो अवसरमा जनक कुमार बाँठा मगर,प्रहरी चौकि जस्पुरका राजकुमार घर्ति , छिमेकी टोल बिकास संस्थाका अध्यक्ष शक्ति कुमार शर्मा,कृपाराम वली,घनश्याम योगी,जेष्ट नागरिक रामसरण चौधरी लगायतले बोलेका थिए । सभामा बोल्ने सहभागिहरुले आफ्नो टोललाई नमुना बनाउन टोलबासिक एक हनुपर्नेमा जोड दिएका थिए ।

Advertisement

साथै साधारण सभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको छ । जसअनुसार अध्यक्षमा कमला घर्ति,उपाध्यक्षमा सिता चौधरी, सचिबमा राम बहादुर बुढामगर र कोषाध्यक्षमा देबिका कुमारी बस्नेत वलीलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस