तुलसीपुर २२ पुस
सुजुकी टु ह्वीलर्सले नयाँ ब्राण्डका स्कुटी बजारमा ल्याएको छ । सुजुकीको आधिकारीक विक्रेता न्यु केसी अटो मोबाईल्स प्रालीले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर सुजुकी कम्पनीका स्कुटी प्रदर्शन समेत गरेको छ । दुई लाख २९ हजार मुल्य पर्ने १२४.३ सिसिको इन्जिन जडित स्कुटीको एलईडी हेड लाईट, मोबाईल चार्ज, डिजीटल ड्यासबोर्ड, कमन ब्रेक, डिस ब्रेकको सुविधा भएको न्यु केसी अटो मोबाईल्सका संचालक प्रेम केसीले जानकारी दिनुभयो । यसको ग्यारेन्टी पाँच बर्षको छ ।
स्कुटीको लञ्च, संयुक्त रुपमा तुलसीपुर उपमहागनरपालिका–५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह र यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख टोपेन्द्र केसीले गर्नुभएको थियो । आधुनिक युग र व्यस्ताको समयमा छिटो र छरितो सेवाका लागि सुजुकी कम्पनीका स्कुटी पछिल्लो समय उपयोगी भएको कम्पनीका मार्केटीङक प्रमुख नवराज कोइरालाले जानकारी दिनुभयो ।