शिक्षामा ब्यापक सुधार ल्याउनुस: पौडेल

बालकृष्ण पाण्डे,हापुरे,२१ पुस ।

बई गाउपालिका शिक्षा युबा तथा खेलकुद शाखाको आयोजनामा बबई गाँउपालिका स्तरिय आधारभुत बिद्यालयको पढाई समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बबई गााउपालिका शिक्षा युबा तथा खेलकुद शाखा का प्रमुख मोहन लाल दाहालको अध्यक्षता तथा बबई गाँउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले शिक्षामा ब्यापक सुधार हुने गरी लाग्न प्रधानाध्यापकलाई आग्रह गरेका थिए । बबई गाँउपालिका भित्रका करिब २६ वटा आधारभुत तहका इन्चार्ज तथा प्रधानाध्यापक हरुको सहभागितामा पढाई समीक्षा कार्यक्रम भएको हो ।

बबई गाउपालिका को शिक्षा शाखाले अर्धबार्षिक रुपमा यस्ता प्रकार का कार्यक्रम गर्दै आइरहेको छ भने निरन्तर अनुगमनले सिक्षण क्षेत्रमा विभिन्न बिद्यालयका सकारात्मक सुचकहरु देखिन थालेको शिक्षा शाखा प्रमुख मोहनलाल दाहाल ले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागी बिध्यालयका प्रतिनिधीहरुले प्रारम्भिक पढाइ तथा सीप कार्यक्रम (इजिआरपि) को अबधारणा अनुसार बिद्यालयमा पठन सीप बिकाश अभ्यास , सन्दर्भ सामग्री हरु को प्रयोग भैरहेका क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आगामी पठन कार्यक्रम क्रमिक रुपमा कसरी सुधार गर्दै लैजाने भन्ने बिषयमा अबधारणा प्रस्तुत गरेका थिए । सो अवसरमा उपाध्यक्ष साबित्रा बिश्वकर्मा , प्रमुख प्रशाशकिय अधिकृत बसन्तराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बबई गाँउपालिका शिक्षा शाखाका उप सँयोजक जितबहादुर केसिले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ पुष २१ गते शनिवार
प्रतिक्रिया