तकियापुर खानेपानी संस्थाको अध्यक्षमा डाँगी बिजयी

तुलसीपुर,१८ पुस ।
तुलसीपुर २ मा रहेको तकियापुर खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा मोहन डाँगी बिजयी भएका छन । नेकपाका डाँगी १ सय ८९ मत ल्याई बिजयी भएका हुन । उनि यस अघि पनि अध्यक्ष भएर काम गरीसकेका छन ।

उनका प्रर्तिस्पध्रि कांग्रेसका गोबर्धन खत्रिले १ सय १४ मत ल्याएका थिए । जम्मा ३ सय ४५ मतदाता रहेकोमा ३ सय ३१ मत खसेको थियो । अध्यक्षमा सहमति नभएपछि आज चुनाव भएको थियो । यस अघि उपाध्यक्षमा झग्गु गिरी,सचिबमा निरज बस्नेत,कोषाध्यक्षमा गोपाल प्रसाद वली,सह सचिबमा निर्मला कार्कि सर्वसम्मत रुपमा चयन भएका थिए ।

प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार
प्रतिक्रिया