सिटिइभिटीले शोक मनाउने 

तुलसीपुर,८ पुस ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले दाङ स्कूल बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एक दिन शोक मनाउने निर्णय गरेको छ । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा  बसेको आकस्मिक बैठकले आइतबार परिषद्का आंगिक, साझेदारी, प्रााविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय तथा निजी शिक्षालयमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो ।

दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निक इन्स्टिच्यूटका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया