राप्तीमा शिक्षक दरबन्दि मिलान गरिने

तिर्थराज ज्ञवाली

मसुरीया ३ पुस / राप्ती गाउँपालिका शिक्षा समितिको बैठक संगलवार सम्पन्न भएको छ । राप्ती गाउँपालिका कार्यबाहक अध्यक्ष गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले दरबन्दि मिलान सम्वन्धमा छलफल गरि निर्णय गरेको छ ।
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका सामुदायिक विद्यालयहरुमा राष्ट्रिय मापडण्डका आधारमा शिक्षक दरबन्दि मिलान गर्न आबस्यक पर्ने स्रोत ब्यवस्थापन गरि दरबन्दि मिलान  गरि समायोजनको रुपरेखा तयार गर्ने निर्णय गरेको राप्ती गाउँपालिका शिक्षा समितिका सदस्य सचिब राजेन्द्र कुमार घिमीरेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया