विश्वविद्यालय अस्तव्यस्त रहेको प्राध्यापक संघको आरोप

 

तुलसीपुर २३ मंसिर

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिले विश्व विद्यालय केहि समय देखि अस्तव्यस्त र गतिहिन भएको बताएको छ । बिजौरीमा पत्रकार सम्मेलन गरेर विश्व विद्यालय सुधार र गतिका लागि प्राध्यापक संघले कुलपति तथा प्रधानमन्त्री केपि वलीलाई पटक पटक भेटेर समस्या राख्न खोजेपनि समय नदिएको भन्दै गम्भिर आपत्ती प्रकट गर्दछौ पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा भनिएको छ । ‘साउन महिनाभित्र बस्नु पर्ने सभाको बैठक नबस्दा सभाका सिटहरु रिक्त रहदा कार्यकारी परिषदको गठन समेत हुन सकेको छैन,’ प्रेस विज्ञप्तीमा भनिएको छ, ‘ जसका कारण विषय समिति र प्राज्ञिक समितिका सदस्यहरु समेत गठन नहुँदा सिनेटको पनि बैठक नबस्दा विश्व विद्यालयका गतिविधिहरु अबरुद्ध छन् ।’ पत्रकार सम्मेलनमा प्राध्यापक संघका केन्द्रिय सभापति नवराज कट्टेलले कृश्चियन धर्मको प्रचारमा लागको प्रति प्रधानमन्त्रीको आलोचना गर्दै धर्मनिरपेक्षतालाई जनमतसंग्रहबाट टुङ्गयाउनु पर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया