दाङमा प्रदेश स्तरिय तेक्वान्दो प्रशिक्षण सुरु ।

मंसिर २०, २०७५

शरद रेग्मी
दाङ मसिर २०
दाङमा आज देखि प्रदेश स्तरिय नेपाल तेक्वान्दो सङघको प्रशिक्षण सुरुभएको छ । बिहीबार नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ को आयोजनामा तुलसिपुरमा एक कार्यक्रमका बिच प्रशिक्षणको समुदघाटन गरिएको हो ।
१२ जिल्लाका ५० बढि खेलाडीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमका बिच प्रदेश सभाषद डिल्लीबहादुर चौधरिले उदघाटन गर्नुभएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरिले नेपालमा खेलकुदको राम्रो सम्भाबना र अबसर रहेको बताउनुभयो । उहाले खेलाडिहरु पटक पटक बिबादमा आउदा नेपालको छवि अन्तर्रा्ष्ट्रिय जगतमा केही नकारात्मक पर्न गएको भन्दै आफ्नो जन्मभुमि, पेशा र अनुसासनलाई मुख्य प्राथमिकतामा खेल खेल्नसमेत खेलाडीहरुलाई अनुरोध गर्नुभयो ।
नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दाङजिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डागि,प्रशिक्षक नवीन कुमार श्रेष्ठ ,लगाएतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो । दाङमा आजदेखि पहिलोपटक तेक्वान्दोको निर्णायक प्रशिक्षण सुरुभएपछि खेलाडीहरु थप हौसिएका छन । प्रशिक्षण चारदिनसम्म सञ्चालन हुने प्रशिक्षक सुमन घलेले जानकारी दिनुभएको छ ।कार्यक्रमको सहजिकरण तेक्वान्दो सङघ प्रदेशका महासचिव बिनिल केसिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस