सरकारी वकिलको राष्ट्रिय सम्मेलन पौषमा

तुलसीपुर, २० मंसिर ।

सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन पौष ८ देखि १० सम्म काठमान्डौमा हुने भएको छ । उच्च सरकारी वकील कार्यालय तुलसीपुर र जिल्ला सरकारी वकील कार्यालय घोराहीको संयुक्त आयोजनामा तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनमा सरकारी वकीलको भूमीका, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर, फोजदारी न्याय प्रशासन सम्बन्धी, कानुनकाहरुको कार्यान्वयन, सरकारी वकील कार्यालयको संस्थागत सृदृढिकरण, वकीलको व्यवसायीकता लगाएका विषयमा छललफल गरिने उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सह न्यायाधिवक्ता खडानन्द गौतमले जानकारी दिनुभयो ।
सरकारी वकीलहरु पिडितहको पक्षमा सधै रहेको भन्दै सहन्यायाधिवक्ता गौतमले सेवालाई छिटोछरितो र चुस्तदुरुस्त बनाउन सरकारले समयानुकल सेवा,प्रविधि, भौतिक पुर्वाधार र लाइबेरीमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा कार्यक्रमको विषयमा जिल्ला सरीका वकीलको कार्यालय घोराहीका न्यायाधिवक्ता चन्द्रबहादुर सिजालीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन उपन्यायाधिवक्ता सिताराम अर्यालले गर्नुभएको थियो । सो अवसरमा पत्रकारहरुले आ–आफना जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया