अवैध लागु औषध गाँजा सहित एक बृद्ध पक्राउ

मंसिर १९, २०७५

तुलसीपुर, १९ मंसीर । अवैध लागु औषध गाँजा सहित एक बृद्ध पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङ दंगिशरण गाउपालीका वडा नं.७ बस्ने ६४ बर्षिय अम्मर बहादुर कंवर लागु औषध गाँजा सहित पक्राउ परेका हुन् । कुंवरले अवैध रुपमा गाँजा भण्डारण तथा बिक्री बितरण गरि रहेको भन्ने गोप्य सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनकोे घरमा खानतलासी गरेको थियो ।

प्रहरी टोलीले उनको घरबाट पहेलो रंगको प्लाष्टिकको बोरामा राखेको १ किलो ७ सय ४० ग्राम लागु औषध गाँजा फेला पारेको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस