स्वंसेविकाको सेवा  बृद्धि हुन्छ: अध्यक्ष सुबेदि

 

तिर्थराज ज्ञवाली 
१९ मंसिर मसुरीया(दाङ)/ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले महिला स्वास्थ्य स्वंसेविका दिवशको अवसरमा राप्ती गाउँपालिकाका महिला स्वास्थ्य स्वंसेविकाहरुको सेवा सुवीधामा आगामी  आर्थिक वर्षमा अवस्य बृद्धि गर्दैजाने र महिला स्वास्थ्य स्वंसेविकाको पीरमर्का अवस्य गाउँपालिकाले बुझ्ने बताउनु भएको छ ।
अध्यक्ष सुवेदिले महिला स्वास्थ्य स्वंसेविकाहरुको लगनसिलता, सेवाभाव तथा योगदानको उच्च मुल्याङक समेत गर्नुभएको छ । महिला स्वास्थ्य स्वंसेविकाको निश्वार्थ सेवा ः  स्वस्थ्य, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने नारा सहित राप्ती गाउँपालिका स्वास्थ्य शाखा तथा सामाजिक विकास शाखाको आयोजनामा  आयोजित महिला स्वास्थ्य स्वंसेविका दिवश बुधवार मसुरीयामा मनाउने क्रममा अध्यक्ष सुवेदिले यस्तो बताउनु भएको हो ।
राप्ती गाउँपालिका स्तरिय महिला स्वास्थ्य स्वंसेविकामुल समिति अध्यक्ष सरीता भुसालको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको प्रमुख आथित्यता तथा  उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ठ आथित्यतामा दिवश मनाईएको हो ।
महिला, गर्भवति, बालबालीका, खोप, थोपा सम्वन्धि स्वास्थ्य सन्देश तथा महिला स्वास्थ्य स्वंसेविकाहरुको भोग्दै आएका समस्या तथा राज्य तथा स्थानिय सरकारले सम्वोधन गरिदियोस भन्ने खालका नारा लेखीएका  प्ले कार्ड सहित साविक सिसहनिय, लालमटियामा स्वास्थ्य चौकीमा आवद्ध महिला स्वास्थ्य स्वंसेविकाहरुले ¥याली गर्दै राप्ती गाउँपालिकामा औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरी, वडा अध्यक्ष गोकर्ण बहादुर राना,  विष्णु बहादुर जिसी, कार्यपालिका सदस्य विष्णु गुरुङ, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, नवराज शर्मा लगाएतकाले महिला स्वास्थ्य स्वंसेविकाहरुको  प्रशंसा गर्दै उच्च सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
दिवशको अवसारमा महिला स्वास्थ्य स्वंसेविकाहरुले गर्दै आएका स्वास्थ्य सम्वन्धि ८२ कामहरुमा स्वास्थ्य चौकी स्तरमा  मुल्याङन गरि ६ बुदाको आधारमा देवमाया महरा, दोर्णा थापा, कुसुम चौधरीलाई सम्मान पुरस्कार प्रदान  गरिएको थियो साथै  कुर्सी दौड कार्यक्रममा सहभागी तथा विजयी विमला घिमीरे, मैना वति चौधरी, गीरा सुवेदिलाई पुरस्कार प्रदान गरिएको छ
दिवश मनाउने क्रममा महिला स्वास्थ्य स्वंसेविकाहरुले गरेको कामको उच्च मुल्याङन गरिएको थियो ।
2 Attachments

 

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया