रक्षाचौरमा सौर्य उर्जा प्रणाली मार्फत खानेपानी ल्याउने तयारी

मंसिर १९, २०७५

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १९ मंसीर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौरमा सौर्य उर्जा प्रणाली मार्फत खानेपानी ल्याउने तयारी भएको छ । विगत लामो समय देखि त्यस क्षेत्रका गणेस टोल, शान्ती टोल लगाएत अन्य टोलका नागरिकहरुले खानेपानीको समस्या झल्दै आएको भन्दै उक्त योजनालाई अघि सारिएको हो ।
पातुखोलाबाट सोलार लिप्ट पम्प मार्फत त्यहा खानेपानी पु¥याईने भएको छ ।

उक्त योजना सफल भएमा भन्डै दुई सय पैतालिस घरधुरीका एक हजार दुई सय जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरीएको छ । वडा नम्वर ४ को वडा कार्यालयको पहलमा उक्त आयोजनालाई अघि सारिएको हो । तुलसीपुर ३ गोठिखोला नजिकै पानीको मुहान् भएपनि उक्त पानी अपुग हुने भएपछि पातुखोलाबाट सोलार लिप्ट पम्प प्रविधि मार्फत पानी ल्याउने विधि प्रयोग गर्न लागीएको हो । आयोजना सन्चालन गर्नका लागी घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको सुर्यदिप सौर्य प्रालीको प्राविधिक टोलीले सर्भे समेत गरीसकेको छ ।
प्राविधिक टोलीले पम्पबाट भुमिगत पानी तानेर मजुवाडाँडा ईन्टेक,पानीटंकी निर्माण गरी दैनिक ६० हजार लिटर पानी ल्याउन सकिने अनुमानित स्टेमेट गरेको छ । मुहानबाट दैनिक ४३ हजार लिटर पानी आउने क्षमता भएपनि उक्त घरधुरीलाई अपुग हुने बताईएको छ । सौर्य प्रालीका प्राविधिक टोलीले पातुखोलाबाट पानी पम्प गरेर मजुवा डाँडा सम्म तान्न सकिने बताएको छ ।

जसको लागी उर्जा प्रविधिका लागी मात्रै २५ लाख रुपैया खर्च हुने अनुमानित गरीएको छ ।वडा अध्यक्ष बालकृष्ण राणाले रक्षाचौर क्षेत्रका विशेषगरी ऐलानी बस्तीका नागरिकहरु स्वच्छ पिउने पानीबाट बन्चित भएको बताएका छन् । निर्वाचनको समयमा आफुले गरेको बाचालाई पुरा गर्ने प्रर्यत्न गरेको उनको भनाई छ ।
उनीहरुलाई पानीको समस्या भएकै कारण आफुले वडाबाट त्यस क्षेत्रमा खानेपानी विस्तारका लागी चालु आर्थिक वर्षमा १० लाख रुपैया वजेट विनियोजन गरेको जानकारी दिएका छन् । उनका अनुसार अहिले पनि आबश्यकता अनुसार पिउने पानीबाट त्यसक्षेत्रका झन्डै तिन सय घरधुरी बन्चित भएका छन् ।
मुहानको पानीले मात्र सम्भव नहुने भएपछि सौर्य प्राली संग समन्वय गरी पातुखोलाबाट पानी ल्याउने योजनालाई अघि सारेको अध्यक्ष राणाले बताएका छन् । योजनाको सुरुवातका लागी केहि रकम विनियोजन गरेको जानकारी दिदै उनले योजना सम्पन्न गर्नका लागी आबश्यकता अनुसार विभिन्न निकायहरु संग सहकार्य तथा समन्वय गर्ने बताएका छन् । योजनाको कुल लागत स्टेमेट भने प्राविधिक टोलीले तयारी गरीहरेको उनको भनाई छ ।।

प्रतिक्रिया दिनुहोस