नवजात शिशु फेला

मंसिर १९, २०७५

दाङ, १९ मंसीर । जनकपुरमा पोखरी किनारको झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ । जनकपुर उपमहानगरपालिका– ७ जानकी सरोवरको उत्तर किनारमा झाडीमा फालिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।
स्थानीयले झाडीमा फालिएको शिशुलाई देखेपछि वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहलाई खबर गरेका थिए ।

त्यसपछि वडाध्यक्ष साहले प्रहरीको सहायतामा शिशुको उद्धार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गराउनु भएको छ । शिशुको मुखभरी किरा परेको र उपचार पछि शिशुको अवस्था समान्य रहेको जनकपुरको कविर अनाथ बाल आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस