स्वास्थ्य सेवा सम्वन्धि अभिमुखिकरण

मंसिर १८, २०७५

तुलसीपुर, १८ मंसीर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजना तथा हव हस्पिटल प्रिपेडनेस प्राजेक्टको सहयोगमा आपतकालिन अवस्थामा प्रेषण प्रणाली सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा आपतकालिन अवस्थामा स्वास्थ्य सेवालाई कसरी प्रभावकारी ढंगले घाइते वा विरामीको जीवन वचाउन सकिन्छ , विपदको समयमा प्रेषण कहा गर्ने त्यसलाई कसरी व्यवस्थित गर्ने र कुन विशेषज्ञ सेवा कुन अस्पतालमा पाईन्छ जस्ता लगाएतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख डा. गोर्कण दाहालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सहजकर्ता विमल केसी र हव हस्पिटल प्रिपेडनेस प्रोग्रामका अधिकृत अंशु ढकालले गरेका थिए । कार्यक्रममा पश्चिम दाङका उपमहानगरपालिका र गाउँपालिका अन्र्तगतका स्वास्थ्य संयोजक र स्वास्थ्य संस्था प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस