दाङमा मोटरसाईकल दुर्घटना हुदा एकको मुत्यु, तिन घाईते

तुलसीपुर, १६ मंसीर ।दाङमा गएराती दुई मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् । राप्ती गाउपालिका ५ पहरुवा नजिकै गएराती ९ वजेतिर रा २ प ७५३७ नम्वरको मोटरसाईकल र रा २ प ८४२५ मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उक्त मोटरसाईकलमा दुई ÷ दुई जना सवार रहेका थिए । जसमा रा २ प ७५३७ मा सवार राप्ती ५ कालापानी ३५ बर्षिय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आईतवार विहान ४ वजेतिर ज्यान गएको हो । अन्य घाईतेहरुको सोहि मेडिकलमा उपचार भईरहेको दाङका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्ति मगरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया